फेरी नेकपाको एकताका लागि बामदेवको पहल

एकताको काम पूणर् नहुँदै विभाजनको बाटोमा हिंडेको नेकपा एकताको सम्भावना नकार्नेगरी एकले अर्कोलाई खुइल्याउने काम चलिरहेको छ । बुधबार प्रधानमन्त्री केपी ओलीले माधव नेपालको क्यारिकेचर गरेरै विरोध गरे । उनीहरु अहिले एक अर्कालाई आ`रोप प्र*त्यारोपमै समय बिताउने गरेका छन् ।

अघिल्लो दिन नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले पनि ओलीलाई सकेजति गा*ली गरे । आजकल नेकपाका नेताहरुको भाषणमा सैद्धान्तिक चिरफार भन्दा गा*लीगलौज र खिसीट्युरी मात्र सुन्न पाइन्छ । उता, नेकपा उपाध्यक्ष रहेका वामदेव गौतम भने विभाजनभन्दा बाहिरै छन् ।

उनले अहिलेसम्म कुनै पनि कित्ता खुलाएका छैनन् । उनले यसबीचमा नेताहरुसँग भेटघाटका क्रममा आफू पार्टी एकताको लागि पहल गरिररहेको र एकताको ठाउँ खाली राखेर गतिविधि गर्न दुवै समूहका नेताहरुलाई भनिरहेका छन् । नेपालमा विद्यमान कानूनले दुई दल मिलेर एकीकरण भएको पाँच वर्षसम्म विघटन गर्न पाइँदैन भनेको हरफलाई समातेर वामदेव हिंडिरहेका छन् ।

संविधानमै नभए पनि ओलीले संसद नै विघटन गरिरहेको सन्दर्भमा यी कानूनहरु न ओली मान्न तयार छन् न दाहाल-नेपाल । वामदेव गौतम भने तत्काल एकताको लागि पहलकदमी लिन एकता समिति अभियान घोषणा गर्ने तयारीमा रहेका छन् । गौतमलाई भेटेर फर्किएका एक नेताले भने, ‘उहाँ यसै साता नेकपा एकता समिति नामको एउटा अभियान घोषणा गर्ने तयारीमा हुनुहन्छ ।

उक्त समितिले अझै नेकपालाई एकतावद्ध बनाउन सकिने सम्भावनालाई पक्रिनेछ र एकताको लागि पहलकदमी लिनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर