काठमाडौंको तापक्रम आज शून्यमा झर्यो

काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम शून्यमा झरेको छ ।

आज विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ थियो । पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ०.८ डिग्री सेल्सियस पुगेको मौसमविद राजु प्रधानांगले जानकारी दिए । उनका अनुसार यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ । यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस छ ।

मौसमविद प्रधानांगले केही दिनयता चिसो बढ्ने सम्भावना रहेको बताए । तराई मधेसका जिल्लामा बिहान लागेको हुस्सु कुहिरो अहिले भने बिस्तारै हट्दै गएको पनि बताए । पानी पर्ने प्रणाली भने तत्काल नदेखिएको उनले बताए ।
(अनलाइनखबरबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय