कक्षा ११ को आवेदन फारम खुल्यो

कक्षा ११ मा नियमित परिक्षामा कम नम्बर आएका तथा ग्रेडबृद्दी गर्न इच्छुक विद्यार्थिका लागि मुसिकोट नगरपालिका ७ वामिटक्सार स्थित महेन्द्र आदर्श नमुना मा बि मा कक्षा ११ को लागि परीक्षा आवेदन फारम खुलेको छ ।

बुधबार प्रकाशित सुचनामा आउदो पौष २० गतेसम्मको लागि सम्बन्धित विद्यार्थिहरुलाइ विद्यालयमा आएर फारम भर्न अनुरोध गरिएको विद्यालयका प्रधानाध्यापक देविराम शर्माले नबखबरलाइ जानकारी दिनुभयो । परीक्षा शुल्क ५०० रुपियाँ तोकोएको सुचनामा उल्लेख गरिएको छ

विद्यालयले आवेदन फारम सङ्गै परीक्षा समयतालिका समेत प्रकाशन गरेको छ , पौष २२ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ,त्यस्तै २३ गते ऐच्छिक नेपाली र लेखाका सिद्धांत भन्ने विषयको परीक्षा हुनेछ भने २४ गते ऐच्छिक अङ्ग्रेजी विषयको परीक्षा हुने विद्यालयले जनाएको छ

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर