खाता अद्यावधिक गर्न नेपाल बैंकको आग्रह

काठमाडौं । नेपाल बैंक लिमिटेडले एक सूचना जारी गर्दै खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

बचत खाताको हकमा विगत तीन वर्ष तथा चल्ती र कल खातको हकमा विगत ६ महिनाभन्दा बढी समयावधिदेखि कुनै पनि बैंकिङ कारोबार नगरेका खातावालको लागि बैंकले यस्तो सूचना निकालेको हो ।

सूचनामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन, २०७७ बमोजिम बैंकमा विभिन्न मितिमा खाता खोली बचत खाताको हकमा विगत ३ वर्ष तथा चल्ती र कल खाताको हकमा विगत ६ महिनाभन्दा बढी समयावधिदेखि आफ्नो तर्फबाट कुनैपनी बैंकिङ्ग कारोबार नगरेका खाताधनीहरूलाई बैंकको नजिकैको शाखा कार्यलयमा सम्पर्क गरी ग्राहक पहिचान सम्बन्धी विवरणहरू अद्यावधिक गराई खाता सुचारू गर्न अनुरोध गरेको हो ।’

थप जानकारीको लागि नजिकैको शाखामा सम्पर्क गर्नुहोला।

यो पनि पढ्नुहोस

मुसिकोट नगरपालिका वडा नं. ७  ले आजदेखि राष्ट्रिय परिचयपत्रका लागी विवरण सँकलन सुरु गरेको छ।

नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग मार्फत सञ्चालित राष्ट्रिय परिचयपत्रका लागी विवरण सँकलन गर्ने कार्य मुसीकोट नगरपालिका वडा नं. ७ मा आज देखी सुरू भएको छ ।

श्री महेन्द्र आदर्श नमुना माध्यमिक विधालय वामीटक्सार गुल्मीमा राखिएको दर्ता स्थलमा उपस्थित भइ आफ्नो विवरण भराउनु हुन कार्यालयले एक सूचना जारी गरी अनुरोध गरेको छ । विवरण दर्ता गराउँदा कुनै शुल्क लाग्दैन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय