बैतडी : कर्मचारीमा कोरोना पुष्टि भएपछि सुर्नया गाउँपालिका कार्यालय एक साताका लागि बन्द गरिएको छ। गाउँपालिकामा कार्यरत इन्जिनियरमा कोरोना पुष्टि भएपछि गाउँपालिकाले प्रदान गर्ने सबै प्रकारका सेवा एक साताका लागि बन्द गरिएको हो।
गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै पुस २० सम्म गाउँपालिका कार्यालयबाट प्रदान गरिने सेवा बन्द रहने जनाएको छ।

यस्तै, पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर एक शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय एक साताका लागि बन्द गरिएको सहायक प्रधानाध्यापक धनबहादुर महराले जानकारी दिए। शिक्षकमा कोरोना पुष्टि भएपछि संक्रमण नफैलियोस भन्नका लागि विद्यालय बन्द गरिएको हो।