पाल्पाको तानसेन नगरपालिकामा चारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
तानसेन नगरपालिका वडा नं १ बस्ने ४१ टेक बहादुर गाहाको घरको दराजबाट नगद रु १ लाख ५० पचार हजार रुपैयाँ चोरी गरेको आरोपमा सोही नगरपालिका वडा नं ४ बस्ने २८ वर्ष सन्दिप बुढाथोकी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मदन गिरीका अनुसार शुक्रबार साँझ ६१५ बजे गाहाको घरमा चारी भएको थियो ।
प्रहरीले घटनामा संलग्न व्यक्ति तथा समुहहरुको खोजतलास तथा अनुसन्धान गर्ने क्रममा बुढाथोकीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।