विष्णु प्रसाद आचार्य (चकित)/मुसिकोट गुल्मी /नबखबर ।
गुल्मिको मुसिकोट नगरपालिका ७ वामी टार मन्टेपाटा स्थायी घर भै विगत २२ वर्षदेखि भारतमा निरन्तर ज्योतिषि सेवामा ख्याती कमाउनुभएका ज्योतिष श्री शोभाखर काफ्ले केही समयको लागि मुसिकोटको केन्द्र वामि टार मन्टेपाटामा आउनुहुनेभएको छ ।

नेपालमा जन्मेपनी भारतमा ज्योतिषी सेवामा अब्बल ठहरिनुभएका काफ्ले आफ्नो जन्मभुमिमा आउदा छोटो समयमा भएपनी सेवा दिन चाहेको शर्मापुत्री अस्मिता काफ्लेले नबखबरलाइ जानकारी दिनुभयो ।<br>
उहाले जन्म कुण्डलि र चिना बनाउनुका साथै ज्योतिषी सेवाका आवश्यक परामर्श पनि सेवाग्राहीको लागि दिन चाहेको बताउनुभयो । शर्मा पुस १५ गतेदेखी केही समयको लागि मात्र सेवामा ।