काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । सुनको भाउ ८ सय रुपैयाँले ओरालो लागेको छ । आज छापावाला सुन प्रतितोला ९४ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू ९४ हजार ९०० मा कारोबार भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला९३ हजार ६ सय कायम भएकोक छ ।

यस्तै, मंगलवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमवार प्रतितोला एक हजार ३१५ मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला एक हजार ३ सयमा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य १५ ले घटेको हो ।
(अर्थतन्त्रबाट)