प्रचण्ड-माधव समुहकाे गर्यो बुटवलमा बिरोद प्रदर्शन

बुटवल- नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समुहले आज बुटवलमा प्रदर्शन गरेको छ । प्रतिनिधी सभाको विघिटन विरुद्ध सो समुह सडकमा उत्रीएको हो। बुटवलको ट्राफिकचोकमा आयोजित कार्यक्रममा बोल्दै नेकपाका नेता घनश्याम भुसालले जनताको दबाबमा प्रतिनिधि सभा पुनस्थापित हुने दाबी गरे।

उनले मुलुकमा तेस्रोपटक लोकतन्त्र र प्रजातन्त्र माथि आक्रमण भएको बताए। ०१७ सालमा गुमेको व्यवस्था ३० महिना लगाएर विउताएको भन्दै भुसालले अहिलेको असंबैधानिक कदम ३ महिना भित्रै फिर्ता गराउने दाबी गरे।

प्रधानमन्त्री केपि ओलीलाई दुइ तिहाइ मत दिएर संविधान रक्षाको लागि पठाएको तर तानाशाही तरिकाले संविधान माथि बर्खिलाप गरेको भुसालले उल्लेख गरे ।

अर्का नेता बामदेव क्षेत्रीले प्रधानमन्त्री ओलीकै कदम र स्वेच्छाचारी सैलीले अहिलेको अवस्था आएको बताए। हकिकुल्लाह खाँले प्रतिनिधि सभा विघटन आन्दोलनबाटै फिर्ता गराउने बताए। कार्यक्रम अघि राजमार्ग चौराहबाट सुरु भएको ¥याली मिलन चोक हुँदै ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।
(लुम्बिनी टाइम्सबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय