नेपाल तरुण दल वडा कार्य समिती मुसिकोट-१ को आयोजनामा पौदीमा मसाल जुलुस

भुवन काफ्ले, मुसिकोट गुलमी/नबखबर

मुसिकोट नगर्पालिका वाड न १अमराई मा आज सांझ मशाल जुलुस आयोजना गरिएको छ। मुसिकोट-१ का दर्जनौ तरुण युवाको सहभागितामा आज भएको मशाल जुलुश पौदी अमराईको शिबालयबाट सुरु भै वडा कार्यालय अगाडि आई सम्पन्न भएको थियो।

मशाल जुलुश पछिको कोणशभालाई संबोधन गर्दै नेपाली कांग्रेसका नगर सचिव मोहन घिमिरेले केपि ओलिको अधिनायकवादको बिरुद्ध सकृयता पुर्वक लाग्न युवाहरुलाई आग्रह गर्नु भयो। भोलि वामी टक्सारमा हुने बृहत बिरोध कार्यक्रमलाई सफल बनाउने उद्देश्य सहित उक्त कार्यक्रम आयोजना गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय