साना किसान कृषि सहकारी संस्थाको २०औं वार्षिक साधारण सभा सम्पन्न

गुल्मी, मुसिकोट नगरपालिका बडागाउँमा अवस्थित साना किसान कृषि सहकारी संस्थाको २०औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको हो । यसपाली संस्थाले जन प्रतिनिधि अथितिको रुपमा कार्यक्रममा नबोलाउने निर्णय गरे सँगै संस्थाका अध्यक्ष हरि प्रसाद छन्त्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी यसै संस्थाका संस्थापक उपाध्यक्ष हिरण्यराज घिमिरेको रहेको थियो ।

कार्यक्रममा पूर्व संचालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु र ८६६ जना शेयर सदस्यहरुको उपस्थितिमा कर्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा ज्येष्ठ शेयर सदस्य १३ जना, उत्कृष्ट कृषक २ जना, उत्कृष्ट अन्तर समुह नं ४,उत्कृष्ट समूह नं ९४  गरी असल ऋणी टीका विश्वकर्मा लगाएत सबैलाई सम्मान पत्र, मायाको चिनो र नगद धनराशि सहित सम्मान गरिएको संस्थाका अध्यक्ष हरि प्रसाद छन्त्यालले जानकारी दिनु भयाे ।

त्यस्तै कृषि प्रदर्शनी तर्फ १७ जना पशुपंक्षी प्रदर्शनी तर्फ ८ जना गरि जम्मा २५ जना सहभागी सबै शेयर सदस्यहरुलाई प्रोत्साहन धनराशि स्वरूप सम्मान गरे सँगै पशु बिमा तर्फ साना ठूला गरी छ जना कृषकलाई क्षतिपुर्ति दिएको संस्थाका प्रमुख विवेक पेमी मगरले बताउनुभयो । संस्थामा एक हजार तीन सय पचास जना सेयर सदस्य आबद्ध रहेका छन् ।

संस्थाले विभिन्न जातका बीउ उपज उत्पादन, ब्राण्डिड गरी पोषिलो मकैको अाटो उत्पादन कारखाना, कफि पकेट कार्यक्रम आयोजना, सुपथ पैँचो पसल सञ्चालन, गरी विभिन्न कृषि सम्बन्धी निःशुल्क तालिम र विभिन्न शीर्षकमा कृषकहरुलाई अनुदानको व्यवस्था समेत सञ्चालन गरेको छ ।

संस्थाको सेयर पुँजी सङ्कलन तर्फ कुल उनानब्बे लाख पच्चीस हजार छ सय,छ भने निक्षेप संकलन तर्फ,चौध करोड अन्ठानब्बे लाख एकाउन्न हजार एक सय एकाउन्न, ऋण लगानी तथा असुली तर्फ सोह्र करोड एघार लाख अन्ठानब्बे हजार सात सय पैँतालीस रुपियाँ लगानी पुर्याए सँगै ८१/८२ को आर्थिक वर्षमा अर्सठ्ठी लाख बत्तीस हजार सात सय तिरहत्तर सात पैसा नाफा कमाउन सफल भएको संस्थाले जनाएको छ ।

कार्यक्रम सञ्चालन संस्था प्रमुख विवेक पेमीले गर्नु भएको थियो। संस्थामा आवद्ध शेयर सदस्यलाई १५% का दरले वार्षिक लाभांस वितरण गर्दै उपस्थित शेयर सदस्यहरुबाट प्राप्त महत्त्वपूर्ण राय, सल्लाह, सुझाव सहित सबै प्रस्तावहरु अनुमोदन गरी सभामा उपस्थित हुनुहुने सम्पूर्ण शेयर सदस्य महानुभाव लगाएत सम्पूर्णलाई धन्यवाद दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय