मुसिकोट गुल्मी,
नेकपा एकीकृत समाजबादी गुल्मीका सचिब बसन्त अधिकारीले नेकपा एसले जनताको चाहना विपरित काम गरेको भन्दै आफ्नो पदबाट आईतबार राजिनामा दिएको अधिकारीले पत्रमा उल्लेख गरेका छन् ।

पार्टीको जिल्ला सचिब, युवा संघ गुल्मी जिल्ला ईन्चार्ज, अनेरास्ववियू ,गुल्मी जिल्ला ईन्चार्ज, जिल्ला पार्टीको संगठन बिभाग तथा प्रचार प्रसार विभाग प्रमुख समेतको जिम्मेवारी वहन गर्दै आईरहेको उनले बताएका छन् ।
अधिकारी नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले दुई दुई पटक सांसद विगठन गरे पछि समानन्तर कमिटी बन्दै गर्दा माधव कुमार नेपाल गुल्मीका नेताहरु गोकर्ण विष्ट र राम कुमारी झाक्रीको पक्षमा वकालत गर्दै नेकपा एसलाई गुल्मी जिल्लामा स्थापित गर्न ठुलो योगदान गरेको पनि अधिकारीको जिकिर छ ।
नेकपा एसले पनि जनताको चाहाना बिपरित काम गरेको भन्दै अधिकारीले पार्टी बाट राजीनामा दिएको पत्रमा उल्लेख छ ।



