सर्बसाधरणले अनुभूति गर्ने गरी सेवा प्रवाहा गर्छु ;सिडिेओ गुल्मी

गुल्मी :गुल्मी जिल्लाकी पहिलो महिला प्रमुख जिल्ला अधिकारी रुद्धादेबी शर्माले गुल्मेली सर्बसाधरण जनताहरुले अनुभूति गर्ने गरी सेवा प्रवाहा गर्ने बताएकी छिन् ।

रामेछापबाट गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारी भई आएकी शर्माले पत्रकारहरुसंग परिचयात्मक कार्यक्रममा आफू जिल्लामा रहुन्जेलसम्म जनताको सेवामा तल्लीन रहने र सहज र सरल तरिकाले सेवा प्रर्वाह गर्ने बताइन् ।

जनमुखी प्रशासन ,सुशासन, पारदर्शिता र जिल्लाको शान्ती सुरक्षा पहिलो प्राथमिकतामा आँफूले राखेको उनको भनाइ छ ।

आँफू जिल्लामा रहुन्जेल जिल्लाकै लागि काम गर्ने भन्दै यसमा सबै पक्षको सहयोग आवश्यक रहने पनि बताइन ।

शर्मा जिल्लाको ३९ औ प्रमुख जिल्ला अधिकारीको रुपमा बिहीबार पद समालेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय