लायन्सबाट अपाङ्ग बालबालिकाका लागि नाटक प्रदर्शन

राष्ट्रिय बालबालिका दिवसको अवसरमा लायन्स क्लब अफ काठमाडौँ ब्लडहुड, लियो क्लब अफ काठमाडौं ब्लडहुड र दियालोको संयुक्त आयोजनामा नाटक मन्चन भएको छ। निर्देशक बिजय तामाङको “नूग्ध” नामक नाटक १५ औं संस्करण मन्चन गरि च्यारिटी सो कार्यक्रम सम्पन्न भएको छ। काठमाण्डौं वडा नं ३२ थापागाउँ स्थित मण्डला नाटक घरमा २१ जना कलाकारले नाटक मन्चन गरेका छन् भने‌ उल्लेख्य दर्शकहरुको सहभागी भइ कार्यक्रम सफलता पुर्वक सम्पन्न भएकाे छ ।

सो‌ कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रिक ३२५ ” के” का डिस्ट्रीक गर्वनर लायन् निरा बज्राचार्य साथै बिशेष अतिथीमा लायन्स इन्टरनेशनल ३२५ “के” का एम्बेशदर अफ गर्भनर लायन् राजिब श्रेष्ठ,अतिथिहरु लायन्स इन्टरनेशनल ३२५ के का जोन चियरपर्सन लायन् राजेन्द्र महर्जन,लियो क्लब अफ काठमाडौँ ब्लडहुडका संस्थापक अध्यक्ष लायन् हिना सिंह ,ब्लडहुड सचिब अमृता लामा, सदस्यहरु,रुकेश बाडे, अच्युत नेपाल, साथै बिभिन्न संघ संस्थाको पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथी लायन् निरा बज्राचार्यले आफ्नो बाल्यकाल सम्झिन्दै स्कुलमा मात्र नाटक हेरेको र केहि महिना अघि मात्र “आकाशको बाटो” नामक नाटक र आज “नूग्ध” प्रत्यक्ष रुपमा हेर्न पाउन्दा मन हल्का महसुस गरेको बताउनु भयो। समय समयमा आखाँबाट आँसु नै आएको पनि जानकारी गराउनु भयो।” युवाहरुको समुह ब्लडहुडले यस्ता कार्यक्रमहरु गर्दै आएकोले धेरै ने खुसी रहेको भन्नु भयो।

ब्लडहुडका संस्थापक अध्यक्ष राजिब श्रेष्ठका अनुसार अप्ठयारोमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले प्रेरणादायी नाटक को आयोजना लायन्स क्लब अफ काठमाण्डू ब्लडहुड र लियो क्लब अफ काठमाडौं ब्लडहुडको संयुक्त आयोजनामा मण्डला नाच घरका सबै २१ जना प्रतिभाशाली कलाकारहरूको अमूल्य योगदानबाट मन्चन गरिएको छ।

“लायन्स क्लब अफ काठमाडौं ब्लडहुड र लियो ब्लडहुड, लियो दियालोले संयुक्त रुपमा अप्ठ्यारोमा परेका ब्यक्ति साथै अपाङ्ग बालबालिकाहरुलाई सहयोग गर्ने हेतुले सो नाटक मन्चन गरिएको हो। ” नाटक निर्देशक तथा संस्थाका अध्यक्ष लायन् बिजय तामाङले जानकारी गराउनु भयो।

कार्यक्रममा बिशिष्ट ब्यक्तिहरु कलाकार पशुपति राई, पदम तामाङ, मनोज के.सी,पारस बम ठकुरी(coolboy) लगायत नाटक प्रेमीहरुको
उपस्थिती रहेको थियो।

कार्यक्रममा बाल अपांग टेवा संस्थाबाट १६ जना बालबालिकाहरुको सहभागी भई नाटक हेरेका थिए। साथै सहभागी बालबालिकालाई सो नाटक हेरेर आफुहरुले पनि समाजमा केहि सकरात्मक कार्य गर्न हौसला मिलेको कार्यक्रममा जानकारी गराए। साथै लियो क्लब अफ काठमाडौं ब्लडहुडका संस्थापक अध्यक्ष हिना सिंहले युवाहरुले कहिल्यै पनि हरेश खान नहुने तथा आफ्नो लत्र्आ निरन्तर लाग्नु पर्ने कार्यक्रममा बताए।

अन्तिममा लायन्स क्लब अफ काठमाडौं ब्लडहुड का भुतपुर्व अध्यक्ष साथै जोन चियरपर्सन लायन् राजेन्द्र महर्जन बाट सम्पुर्ण उपस्थित मनकारी सहभागी दर्शकहरु,कर्मशील तथा मेहेनती कलाकारहरु तथा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुलाई र मण्डला नाच घर परिवारलाई बिशेष धन्यवाद ज्ञापन गर्नु भयो र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु लिएर आउने बताउनु भयो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर