आरम्भ चौतारी लघुवित्त, लुम्बिनी प्रदेश कार्यालयबाट १४६ पिन्ट रगत संकलन ।

बुटवल । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा बुटवल, तिलोत्तमा, लुम्बिनी तथा नेपालगन्ज गरि ४ स्थानमा गरिएको रक्तदान कार्यक्रममा १४६ पिन्ट रगत संकलन भएको छ ।

संस्थाका लुम्बिनी प्रदेश प्रमुख अमरनाथ सेढाईको अध्यक्षता, संस्थाका संचालक केशवराज पन्थीको प्रमुख आतिथ्यता, पुर्व संचालक गोपाल प्रसाद बस्यालको आतिथ्यता रहेको कार्यक्रममा ब्लड बैंक भैरहवाले प्राबिधिक सहयोग गरेको थियो ।

संस्थाका कार्यक्रम अधिकृत गीता राउत, भगवती खरेल, दिपा ज्ञवाली तथा विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो।

संस्थाले आज देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर