मुसिकोट । ग्लोबल आइएमइ बैंक लिमिटेड, वामी शाखाबाट वामी प्रहरी चौकीलाई ३ थान Fire Extinguisher प्रदान गरेको छ ।
बैंकले गरेको यो सहयोगले मुसिकोट नगरपालिका भित्र हुनसक्ने आगलागीका घटना न्यूनीकरणमा योगदान पुग्ने बरिस्ठ स.इ. लक्ष्मण बिश्वकर्माले बताउनु भयो ।
यस पुर्व बैंकले सडक दुर्घटना न्यूनीकरणको लागि Road Divider प्रदान गरिएको थियो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सहयोग गरेको शाखा प्रबन्धक बिष्णु कुवरले जानकारी दिनु भयो ।