मुसिकोट नगरपालिकाद्वारा एकिकृत पाठ्यक्रम सम्बन्धी कष्टमाइज तालिम सम्पन्न

मुसिकोट – मुसिकोट नगरपालिकाद्वारा एकिकृत पाठ्यक्रम सम्बन्धी कष्टमाइज तालिम शुक्रबारबाट सुरु भएर सोमबार सम्पन्न भएको छ।

महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट ७ वामीटक्सार गुल्मीको निर्माणधिन भवनमा सुरु भएको तालिममा नगरपालिका भित्रका ५० विद्यालयका ५० जना सहभागिहरुको उपस्थिति रहेको थियो ।

वर्तमान समयमा नेपाल सरकारले विद्यालयमा लागु गरेको एकिकृत पाठ्यक्रम र निरन्तर विद्यार्थी मुल्याङ्कन सम्बन्धी तालिममा नगरपालिकाकी उपप्रमुख गङ्गा श्रेष्ठको प्रमुख आतिथ्यता, नेपाल शिक्षक महासङ्घ मुसिकोटका अध्यक्ष तथा महेन्द्र आदर्श नमुना माविका प्रधानाध्यापक देवीराम शर्माको आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीको अध्यक्षता र शिक्षा शाखा प्रमुख प्रकाश नेपालीको सन्चालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

दोश्रो सत्रमा सहजकर्ता तथा प्रशिक्षक बिक्रम कार्कीले पहिलो चरणमा समुह विभाजनसङ्गै एकिकृत पाठ्यक्रमको अवधारणा, पाठ्यक्रम विकासका सैद्दान्तिक आधारहरु, अन्तरविषयक पाठ्यक्रम ढाचा, वहुविषयक पाठ्यक्रम ढाचा, व्यवहारकुशल सिपहरु लगायत परियोजना कार्यको ढाचामा प्रशिक्षित गर्नुभएको थियो ।

४ दिनसम्म सन्चालन भएको तालिममा महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका शिक्षक बिक्रम कार्कीले चरणवद्द रुपमा विषयवस्तुको बिभाजन गरेर सहजिकरण गर्नुभएको थियो ।

तालिममा सहभागिहरुले तालिम महत्वपुर्ण र फलदायी भएको प्रतिकृया दिएका छन ।

प्राथमिक तहको लागि लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा सिकाइ सहजिकरण गर्न सकिने विविध विधिहरुको छलफल एवम प्रयोगको नमुना प्रस्तुत गरिएको थियो ।

तालिममा कर्णाली प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न सस्कृती र सङ्गितको प्रस्तुतीसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर