लुम्बिनी वामी हस्पिटल प्रा. लि..को आयोजनामा एक दिने स्वास्थ्य शिविर सम्पन्न, १३९ बिरामिले सेवा लिए

मुसिकोट । लुम्बिनी वामी हस्पिटल प्रा. लि.को आयोजनामा वामीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शनिबार गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सारमा सम्पन्न शिबिरमा हाड जोर्नि, नसा तथा बाथ रोगका १३९ बिरामिले सेवा लिएको लुम्बिनी वामी हस्पिटल प्रा. लि. का ब्यबस्थापक दिपेन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

शिविरमा हाड जोर्नि नसा तथा बाथ रोग विशेषज्ञ डा. संजीव आचार्यद्वारा ८७ महिला र ५२ पुरुषको स्वस्थ्य चेकजाँच गरीएको ब्यबस्थापक रोसन सेनले जानकारी दिनुभयो ।

हाडजोर्नि नसा तथा बाथ रोगका बिरामिहरुको समस्यालाई मध्यनजर गर्दै हस्पिटलले विशेषज्ञ सहितको शिविरको आयोजना गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने हस्पिटलले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय