आरम्भ चौतारि लघुवित्तले दाङको गढवामा “ग्लोबल मनि विक” मनायो ।

आरम्भ चौतारी लघुबित्त बित्तीय संस्था लिमिटेड, शाखा कार्यालय गढवाले “ग्लोबल मनी विक” को १२औ संस्करणको अवसरमा “बित्तीय साक्षरता कार्यक्रम” सम्पन्न गरेको छ ।

संस्थाका लुम्बिनी प्रदेश प्रमुख अमरनाथ सेढाईको अध्यक्षता, गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्माको प्रमुख आतिथ्यता, गढवा उध्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बस्यालको बिशिस्ट अतिथ्यता, गढवा इलाका प्रहरी कार्यालयका इन्चार्ज बिष्णु न्यौपानेको बिशेष अतिथ्यतामा विभिन्न बुद्धिजीवी, समाजसेवी, उद्योगी व्यापारी, युवायुवती गरि ८५ जनाको सहभागिता रहेको थियो ।

गढवा शाखा प्रबन्धक प्रतिभा शर्मा रिजालको सन्चालनमा भएको “वित्तीय साक्षरता कार्यक्रम” को सहजीकरण प्रोग्राम अफिसर गिता राउतले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय