महेन्द्रबाट एस इ इ मा १०४ विद्यार्थी सहभागि हुदै, शुक्रबार बिदाइ

मुसिकोट । श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयबाट आगामी चैत्र १५ गतेबाट सुरु हुने एस इ इ परीक्षामा १०४ जना विद्यार्थी सहभागि हुने भएका छन । जसमा सामान्यतर्फ ६६ जना र प्राबिधिकतर्फ ३८ जना सहभागि हुनेछन ।

परीक्षा नजिकिएसङ्गै एस इ इ मा सहभागि हुने कक्षा १० का विद्यार्थीहरुलाइ कक्षा ९ का विद्यार्थीहरुद्वारा शुक्रबार औपचारिक रुपमा कार्यक्रम गरि बिदाइ गरिएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष शाक्यले प्रमुख अतिथिको रुपमा बोल्दै सम्पुर्ण विद्यार्थीहरुलाइ सफलताको शुभकामना दिदै आफ्नो र विद्यालयको नामसङ्गै यो ठाउलाइ चिनाउनको लागि कटिबद्द भएर परिश्रम गरि सफलता प्राप्त गर्न आग्रह गर्दै शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सोहि कार्यक्रममा प्रधानाध्यापक देवीराम शर्माले शुभकामना दिदै आउदै गरेको एस इ इ परीक्षामा सफलताको शुभकामना दिनुहुदै आफ्नो इमान्दारिता, लगनशिलता , कर्तव्य र नैतिकता सधै कायम राख्न अनुरोध गर्नुभयो । कतिपय विद्यार्थीहरु आफ्नो कर्म भुलेर अन्य काममा रमाउदा मुख्य कर्म अध्ययन नै ओझेलमा परेर जीवनको शैक्षिक क्षेत्रमा पुर्णबिराम लगएका समेत उदाहरण देखिएकोले त्यसलाइ मध्यनजर गर्दै यस विद्यालयको नाम चम्काउन र त्यो कुरा आफूले अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक धनपति खरेल, अनन्तलाल भन्डारी, शिक्षक शीला खराल र विद्यार्थीको तर्फबाट कक्षा ९ कि अनुरागि काफ्ले लगायतले बिदाइ सङ्गै शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कक्षा १० कि अनुष्का कक्षपतिले बिदाइ तथा धन्यवाद मन्तव्य व्यक्त गरेकि थिइन ।

कार्यक्रमको बिचमा सुदिक्षा खरेल र सुबिक्षा शाक्य लगायतले साङ्गितिक प्रस्तुति प्रस्तुत गरेका थिए । कक्षा ९ कि शीतल खरेलको सन्चालन रहेको कार्यक्रममा इच्छा पन्थको सभापतित्व रहेको थियो भने सुदिप भन्डारीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा १० कक्षाका विद्यार्थीले विद्यालय तथा शिक्षकहरुलाइ मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमको सहजिकरण शिक्षक भुगोल सापकोटा, ललित गिरी, अच्युत गिरी लगायतले गर्नुभएको थियो ।

कार्यक्रममा माध्यमिक तहका इन्चार्ज डिल्लिराज खरेल, निमावि इन्चार्ज रामचन्द्र सापकोटा, प्राबि इन्चार्ज बेद प्रसाद सापकोटा लगायत शिक्षक बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय