खर्वाङमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ४ सयबढि बिरामिले लिए सेवा

खर्वाङ । नेपाल रेडक्रस सोसाइटी उपशाखा दगातुन्डाडा र दगातुन्डाडा रुपन्देही सम्पर्क समाजको संयुक्त आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर बडिगाड गाउँपालिका २, खर्वाङमा सम्पन्न भएको छ ।

शिविरमा ४ सय ४७ जनाको स्वास्थ्य जाँच गरिएको छ भने ३ सय ६० जनालाई औषधि वितरण तथा ६२ जनाको भिडियो एक्सरे तथा ५५ जनाको ल्याव टेस्ट गरिएको छ ।

शिविरमा ओम महिला तथा वाल अस्पताल बुटवलका मेडिकल सुपेरिटेन्डेन्ट वरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर सर्मिला शर्माको नेतृत्वमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर प्रकाश तिमिल्सेना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकै जनरल फिजिसियन डाक्टर शम्भु खनाल, एम.वि.एस.एस. डा. मोहम्मद नाज अहमद, डा. सुदिप ज्ञवाली, डा. रोजिना खराल, डा. असिम बराल, डा. युरीमा ध्वजु लगाएतका डाक्टर तथा स्वास्थ्य कर्मिहरुको सहभागिता रहेको थियो ।

शिविरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्वाङको सहआयोजना, रेडियो सारथीको सञ्चार सहयोग, लुम्बिनी वामी हस्पिटल प्रा.लि.को प्राविधिक सहयोग रहेको थियो ।

यसै विच शिविरको समापन समारोहमा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य तथा सांसद विष्णु पन्थी, बडिगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष ढालप्रसाद शेरचन लगाएतले स्वास्थ्य शिविरले समुदायको तल्लो तहमा बढि फाइदा पुग्ने भन्दै आयोजकलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

आयोजकको तर्फवाट दगातुन्डाडा रुपन्देहि सम्पर्क मञ्चका अध्यक्ष चाणक्य अधिकारी, नेपाल रेडक्रस सोसाइटि उपशाखा दगातुन्डाडाका सभापति खगिश्वर अर्यालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम रेडक्रसका सचिव दुर्गा अर्याल तथा सम्पर्क मञ्चका सचिव इन्द्रमणि अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

साथै साेहि अबसरमा शिविर सम्पन्न गर्न सहयाेग गर्ने सहयोगी सबैलाई सम्मान पत्रले सम्मान समेत गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय