२०५३ देखि हालसम्म परीक्षा सफल हुन नसक्नेका लागिअन्तिम अबसर

काठमाडौ । २०५३ साल पछाडी त्रिविको परीक्षा पास हुन नसकेका परीक्षार्थीका लागि अन्तिम मौका परीक्षा फारम खुलेको छ ।

३–४बर्षे वार्षिक प्रणालीमा दोस्रो बर्षमा अध्ययन गर्ने प्राईभेट, नियमित, आंशिक वा मौका परीक्षाको निमित्त परीक्षा फारम भर्नको लागि कुरी रहनु भएका विद्यार्थी (परीक्षार्थीहरु) ले परीक्षा फारम यहि २०७७ पौष ०९ देखि माघ ०८ गते सम्म आ–आफ्नो क्याम्पस वा कलेजबाट परीक्षा फारम भर्नु होला साथै प्राईभेट तर्फका परीक्षार्थीहरुले त्रि।वि परीक्षा नियन्त्रण कार्यालय बल्खु वा क्षेत्रीय परीक्षा नियन्त्रण कार्पयालहरुबाट परीक्षा फारम भर्न सक्नु हुनेछ ।

 

३ बर्षे अन्तर्गतका परीक्षार्थीहरुको लागि यो एउटा सुवर्ण र अन्तिम मौका पनि हो किन कि यसपाली ३ बर्षे अन्तर्गतका परीक्षार्थीको भविष्यलाई ख्यालमा राखी ३ बर्षे कार्यक्रम लागू भए देखिको यता (विं.सं. २०५३–०५४ भन्दा पछाडिका सबै हाल सम्मको लागि) का लागि विशेष अवसर पनि हो एवम् मौका परीक्षाको रुपमा त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय ले परीक्षा फारम खुलाएको छ ।

सम्बन्धित सबैको लागि विशेष सुचना तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय