भुवन काफ्ले मुसिकोट गुल्मी/नबखबर
मुसिकोट नगरपालिका ३ बडागाउका युवाहरुको बिरोध कार्यक्रमलाई नेपाल बिद्यार्थी संघ मुसिकोट नगर कार्य समितिले ऐक्यबद्धता जनाएको छ ।
मुसिकोट नगरपालिका बडागाउका युवाहरुलाइ वडा नम्बर ३ का वडाध्यक्ष कर्णध्वज जिसि लगायत अन्य जनप्रतिनिधिहरुले गत चुनावमा सडक निर्माण, रोजगार , स्वास्थ्य, शिक्षा , तथा खेलमैदान जस्ता विषयलाइ मुल एजेन्डा बनाइ युवाहरुलाइ चुनावी प्रयोजनका लागि मात्र हतियार बनाएको तर चुनाव जितेको लामो समय बितिसक्दा पनि आफ्ना प्रतिवध्दतालाइ चटक्कै बिर्सेर ती विषयलाइ कुल्चेको प्रती त्यहाँका स्थानिय युवाहरुको केही दिन अगाडिको बिरोधको कार्यक्रम रहेको र केही समय पछि वडा कार्यालय घेराउ सम्मको कार्यक्रम रहेकोथियो ।
यति हुदापनि जनप्रतिनिधिबाट कुनै वास्ता नभएको गुनासो सार्वजनिक भएकोले उक्त सामाजिक विषयलाइ वेवास्ता गरिनु दु:खद भएको भन्दै उक्त स्थानिय युवाहरुको बिरोध कार्यक्रमलाई नेपाल विद्यार्थी सङ्घ मुसिकोट नगरपालिकाको नगर कार्य समितिको शनिबार बसेको बैठकद्वारा ऐक्यबद्धता जनाउने निर्णय भएको ने वि सङ्घ नगर कार्यवाहक सभापति गम्भीर खत्रीले नबखबरलाइ जानकारी दिनुभयो।
खत्रीले हस्ताक्षर गरेको ऐक्यबद्धता पत्रमा युवाहरुलाइ यो वा त्यो वहानामा अल्झाउन खोज्नु र जायज मागहरुलाइ वेवास्ता गरिनु दुखद भएको भन्दै युवाहरुका यस्ता जायज मागलाइ नेपाल विद्यार्थी सङ्घले सधै साथ दिने भनी ऐक्यबद्धता पत्रमा उल्लेख गरिएको छ ।