मुसिकोट नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह थाल्यो !

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । यसअगाडी वडा नं-७ टार स्थित भाडाको घरबाट सञ्चालन हुँदै आएको कार्यालयको सेवा प्रवाह नवनिर्मित भवनबाट सुरु भएको हो ।

नगरपालिकाको प्रशाशकीय भवनको गत मंसिर २० गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । तर केही प्राविधिक कामहरु बाँकी रहेकाले आफ्नै भवनबाट सेवा प्रवाह भने सुरु हुन सकेको थिएन । भवन उद्घाटन भएको झण्डै ३ महिना पछि नगरपालिकाले आफ्नै प्रशाशकीय भवनबाट सेवा आरम्भ गरेको हो ।

नगरपालिकाले बिहिवार एक सुचना जारी गर्दै हालको भवनबाट प्रवाह हुँदै आएका सेवाहरु बिहिवार देखि आफ्नै भवनबाट प्रवाह भएको जानकारी दिएको छ ।

बिहिवारबाट नै नगरपालिकाका सम्पूर्ण प्रशाशनिक कामहरु नयाँ भवनबाट सुरु गरिएको सुचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिनुभयो । पालिका अन्तर्गत रहेका सम्पूर्ण शाखा सहित अन्य सेवाहरु आफ्नै भवनबाट सुरु भएको उहाँले बताउनुभयो ।

नगरपालिका अन्तर्गत रहेको कृषि तथा पशु शाखाले भने यस अगाडी नै भेटेनरी अस्पतालको भवनबाट सेवा दिँदै आएको छ । भाडाको घरबाट सञ्चालन हुँदै आएको नगरपालिकाले हालसम्म मासिक रुपमा ६२ हजार भाडा तिर्दै आएको थियो ।

भवन निर्माणको लागि १५ करोड, ३० लाख, ६५ हजार, आठ सय पाँच रुपैयाँ खर्च भएको छ। आठ करोड ४८ लाख ११ हजार, चार सय २० रुपैयाँमा श्रेष्ठ महादेव खिम्ती जेभीले निर्माण गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय