मुसिकोट युवा क्लबले फाल्गुण १२ गते प्रथम अधिवेशन गर्दै

गुल्मी – मुसिकोट युवा क्लब मुसिकोट गुल्मीले आफ्नो प्रथम अधिवेशन तथा दोस्रो साधारण सभा फाल्गुण १२ गते शनिवार मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारमा गर्ने भएको छ ।

२०७९ फाल्गुण १२ गते औपचारिक दर्ता गरि “समाज पतिवर्तनका लागि युवा सशक्तीकरणका” भन्ने मुल उदेश्य लिएर सामाजिक काम गर्दै आईरहेको युवा क्लबले आफ्नो पहिलो अधिवेशन गर्न लागेको क्लबका उपाध्यक्ष सपना रायमाझीले बताउनुभयो ।

मुसिकोट युवा क्लबले मुसिकोटमा समाज सेवाको क्षेत्रमा कार्यक्रमहरु गर्दै आईरहेकोले क्लबको अधिवेशनको अवसरमा फाल्गुण १२ गते शनिवार १ दिनका लुम्बिनी वामी अस्पताल प्रा.लि. मा मुसिकोटमा रहेका मधुमेहका बिरामेलाई मधुमेह (सुगर) परिक्षण तथा डाक्टर परामर्श निशुल्क गरिने लुम्बिनी वामी अस्पताल प्रा.लि का ब्यवस्थापक दिपेन्द्र ज्ञवाली र रोसन सेनले बताउनुभयो ।

स्थापनाको छोटो समयमै जनचेतना, सरसफाई, स्वास्थ्य, शिक्षा तथा युवा सम्बन्धि सामाजिक काम गर्दै आईरहेको क्लबका वरिष्ठ उपाध्यक्ष अनुप पाण्डे (खिमलाल) ले बताउनुभयो ।

संस्थाको विधान दर्ता तदर्थ समितिले गरेको र विधान अनुसार संस्था दर्ताको १ वर्ष भित्र पहिलो अधिवेशन गरिसक्नुपर्ने भएकोले क्लबको पहिलो अधिवेशन गर्न लागिएको संस्थाका वडा न ८ संयोजक तथा सदस्य कमल बरालले बताउनुभयो ।

स्थापनाको छोटो समयमै मुसिकोट नगरपालिकाका सबै वडामा क्लब समन्वय समिती निर्माण गरि सामाजिक कार्यक्रमहरु संचालन भईरहेको संस्थाले सस्कृती जगेर्ना तथा अन्य मानव जिवनसङ प्रत्यक्ष जोडिएका कार्यक्रम समेत गर्दै आईरहेको क्लबका सह कोषाध्यक्ष निशान सारु (बिष्णु) ले बताउनुभयो ।

मुसिकोट युवा क्लबका वडा समन्वय समितिहरुले वडा वडामा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको र वडा न ४ को वडा समितीले प्रतेक महिनाको अन्तिम शुक्रवार हाटबजार संचालन गर्दै आईरहेको साथमा फरक फरक कार्यक्रम गर्दै आईरहेको क्लबका उपाध्यक्ष दिनेश सिंह ठकुरीले बताउनुभयो ।

स्थापनाको छोटो समयमा मुसिकोटका मुख्य स्कुलहरु क्याम्पसका किशोर किसोरीका लागि प्रजनन स्वास्थ्य सम्बन्धि सचेनतामुलक कार्यक्रम, सवारी चालक तथा क्याम्पसका विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम, मुसिकोटका धार्मिक, पर्यटकिय तथा कृषिक्षेत्र र गौरवका स्थलहरु समेटेर तयार पारिएको क्यालेन्डर निर्माण, मानव जिवनसङ जोडिएको रक्तदान कार्यक्रम, हिन्दुहरुको पर्व विशेष संकृति बचाउने तिजगित प्रतियोगिता, मुसिकोटको पुरानो नाच र संकृति जोगाउन वामी विश्व सम्पर्क मंचसङ समन्वय गरि सरायनाच महोत्सव, मुसिकोटका सिमा क्षेत्रमा मुसिकोटको पहिचान दिने नक्सा सहितका स्वागत तथा धन्यबाद ब्यानर निर्माण, मुसिकोट ४ मा हाटबजार संचालन लगायत कामहरु गरिएको क्लबका अध्यक्ष वसन्त अधिकारीले बताउनुभयो ।

प्रथम साधारण सभाका लागि सबै वडाबाट प्रतिनिधि, पर्यवेक्षक तय भैसकेको र कार्यक्रममा क्लबका सल्लाहकार सदस्य, विशिष्ट सदस्य, आजिवन सदस्य, संस्थापक सदस्य , साधारण सदस्यहरु जनप्रतिनिधि, समाजसेवी, नगरस्तरिय संस्था प्रमुख, चन्दादाताहरुलाई पत्रचार गरिसकिएको र कुनै कारणवश पत्र प्राप्त नभएमा यसै सुचनालाई आधिकारिक मानी उपस्थितिको लागि समेत अध्यक्ष वसन्त अधिकारीले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय