सरस्वती आधारभूत विद्यालय मुसिकोट ९ को वार्षिक उत्सव सम्पन्न

मुसिकोट । सरस्वती आधारभूत विद्यालय मुसिकोट ९ को वार्षिक उत्सव सम्पन्न भएको छ ।

विद्यालयका आन्तरिक कार्यक्रम २५ गते र औपचारिक कार्यक्रम २६ गते गरि वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक लेखनाथ कण्डेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सालिमे मन्दिरका पिठाधिश श्री भाष्करानन्द सरस्वती महाराज भानुको प्रमुख आतिथ्यतामा , सीतापुर माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री महाबिर बस्नेत,कालिगन्डकी गाउपालिका वडा न २ का वडाध्यक्ष श्री रेशम न्यौपाने , वडा न ९ डासीकोट गुल्मीमा जन्मी जापानलाइ कर्मथलो बनाउनुहुने विष्णुप्रसाद खरेलको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा युनिक खबर डट कम का प्रमुख तथा विद्यालयका सल्लाहकार सम्योजक रामकृष्ण कंडेल , सीतापुर मा बि का प्र अ तथा विशिष्ट अतिथी महाविर बस्नेत ,अभिभावक बाबुराम खरेल, कालिगन्डकी वडा न २ का वडाध्यक्ष रेशमराज न्यौपानेले शुभकामना मन्तब्य प्रस्तुत गर्नुभएको थियो |

वार्षिक उत्सवको अवसरमा विद्यालयको तर्फबाट पि टी तथा बिबिध सास्कृतिक झलक प्रस्तुत गरिएको थियो । सोहि अवसरमा वडास्तरिय हाजिरीजवाफ प्रतियोगिता सन्चालन पनि भएको थियो जसमा श्री सीतापुर माबी र ददल्का मावि तृतिय, ज्ञानज्योती आधारभूत विद्यालय द्वितीय र सरस्वती आधारभूत प्रथम भएका थिए |

उक्त अवसरमा जापानबाट आउनुभएका विष्णुप्रसाद खरेल र हुमाकान्त खरेलले थप चार हजार बराबरको नगद पुरस्कार सौजन्य गर्नुभएको थियो | प्र अ श्री लेखनाथ कंडेलले विद्यालयको प्रगतिवेदन प्रस्तुत गर्नुभएको थियो |

विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम बहादुर बिकको अध्यक्षता , शिक्षक मुमादेवि सापकोटाको स्वागत मन्तव्य तथा शिक्षक रामप्रसाद लोधको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय