२८ साउन, गुल्मी । सत्यवती गाउँपालिकाका पहिरो प्रभावितलाई विद्यालयबाट अस्थायी आवासमा सारिने भएको छ ।

पहिरो प्रभावित बस्दै आएका विद्यालयमा भदौ १ गतेदेखि पढाइ हुने भएकाले अस्थायी आवासमा राख्ने तयारी भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । बस्न मिल्ने अवस्थाको घर भएका पीडितलाई घर फिर्ता गरिने उनले बताए

पीडितहरुको लागि अस्थायी आवास निर्माण पनि सुरु गरिएको छ । शनिबारसम्म ती अस्थायी आवास तयार हुने र पीडितलाई सारिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए|

१ सय १० घर परिवार अझै पनि उच्च जोखिममा रहेकोले उनीहरुको लागि जस्ता तथा टेन्टको प्रयोग गरी अस्थायी शिविर निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए ।

गत साउन ७ गते राति पहिरोले घर भत्किने र जोखिममा परेपछि ३ सय ७ घर परिवारका १२ सय ६० प्रभावित विद्यालयमा आश्रय लिएर बस्दै आइरहेका छन् । सो पहिरोमा परेर १३ जनाको मृत्यु भएको थियो भने कयौं घर भत्किएको थियो

प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि अहिलेसम्म एक करोड रुपैयाँ बढी रकम संकलन भइसकेको छ ।

विभिन्न राजनीतिक दल, स्थानीय तह र संघसंस्थाबाट आर्थिक संकलन भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । अझै पनि सहयोग प्राप्त हुने क्रम जारी रहेको भण्डारीले बताए । भण्डारीका अनुसार राहत स्वरुप नगद, खाद्यन्न, लत्ता कपडा एवं अन्य राहतका सामग्री प्राप्त भएको छ ।

सवैभन्दा बढी भौतिक क्षति वडा–३ ठुलोलुम्पेकमा भएको छ । जसका कारण नगद तथा राहत सामग्री ठुलोलुम्पेकमा धेरै संकलन भएको छ ।

ठुलोलुम्पेकमा तीन सय ८० क्वीन्टल चामल, २२ क्वीन्टल ८० केजी दाल, १३ क्वीन्टल नुन, १३ सय २३ लिटर तेल तथा तीन सय ७० ब्लाङकेट, एक सय १८ थान कम्बल, पाँच सय २२ थान विभिन्न कपडा प्राप्त भएको छ ।
देश बिदेश बाट आर्थिक सन्कलन भाको छ् र अब आउने दीन मा पनि शहयोग आउने जानकारी गराउनु भयो||||

 

source:https://www.onlinekhabar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय