गलकोटमा लायन्स कल्व अफ ईन्टरनेशनल ३२५ जे को थर्ड क्याबिनेट मिटिङ सुरु

बागलुङ । लायन्स कल्व अफ गलकोट सिटी, गलकोट घुम्टे र गलकोट भ्यालीको संयुक्त आयोजनामा गलकोट नगरपालिका ३ हटिया बजारमा आज देखि थर्ड क्याबिनेट बैठक सुरु भएको छ ।

कार्यक्रममा पहिलो दिन लायन्स कल्वका अफिसर लेभलका सदस्यहरुले संस्थागत रिपोर्टिङ, कल्वले गरेका गतिविधीको बारेमा बैठकमा जानकारी गराएका थिए । बैठकको लायन्स कल्व अफ ईन्टरनेशनल ३२५डे का गभर्नर हरि प्रसाद मरहठ्ठाले सहजीकरण गरिरहनुभएको छ ।

यो कार्यक्रमले गलकोट क्षेत्रको पर्यटन प्रवर्द्वनमा टेवा पुराउने मुख्य उद्देश्य सहित लिडरसिप, फेलोसिप र सर्भिसमा केन्द्रित रहेर कल्वको सिद्वान्त बमोजिम कार्यक्रम सम्पादन गर्ने थर्ड क्याबिनेट बैठकका संयोजक नन्दराज तिमल्सिनाले जानकारी दिनुभयो ।

बागलुङको गलकोटमा ओयोजना भईरहेको क्याबिनेट बैठकका लागि बागलुङ बजार, पोखरा, गोर्खा र काठमाडौंबाट झन्डै ५ सय लायन्स प्रतिनिधिहरू सहभागी रहेका छन् ।

लायन्स क्लव अफ ईन्टरनेशनल शिक्षा, स्वास्थ्य, पर्यटन सहितका सामाजिक कार्यमा सक्रिय रहदैं आएको छ । लायन्स आफैँमा सेवाका क्षेत्रमा काम गर्दै आएको संस्था हो । त्यसमा पनि ३ सय २५ जे को नारा सहरभन्दा दुर्गम गाउँ केन्द्रित भएर समस्या पहिचान गरी नागरिकले लाभ लिने गरी काम गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेर काम गर्दै आएको लायन्स कल्व अफ गलकोट सिटीका थर्ड भिपी विरेन्द्र श्रेष्ठले बताउनुभयो ।

मेल्भिन जोन सन् १९१७ मा ले हामी सेवा गर्छौ भन्ने नारा दिएर अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनल स्थापना गर्नुभयो, नेपालमा सन् १९७१ मा मातृका प्रसाद कोइरालाले विराटनगरमा स्थापना गरेको लायनवाद अहिले झण्डै ५० हजार आबद्ध भई लायनहरूले विभिन्न अहोभावका साथ सेवा गरिरहेका छन् । कार्यक्रम क्याबिनेट सेक्रेटरी आरजे अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

थर्ड क्याबिनेट बैठकमा सहभागी हुने क्रममा लायन्स कल्व अफ काठमाण्डौ ग्लोबल युथले न्यानो अभियान अन्तर्गत गलकोट नगरपालिका वडा नं २ को नवयुवक आधारभुत विद्यालय र महेन्द्र माध्यमिक विद्यालयमा विद्यार्थीलाई १७५ सेट ट्रयाक सेट सहयोग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय