ओलीले गरे नयाँ ५ मन्त्री नियुक्त

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।शुक्रबार साँझ प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीलाई सपथ खुवाउने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नयाँ थपिएका मन्त्रीहरू प्रभु साह, टोपबहादुर रायमाझी, मणि थापा, गौरीसंकर चौधरी, दावा तामाङलाई राष्ट्रपति कार्यालय शितल निवासमा सपथ लिने बताए ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ ।

प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए ।

यो पनि पढ्नुहोस्
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सुनुवाई गर्दै संवैधानिक इजलाशले २२ पुसदेखि निरन्तर सुनुवाई गर्ने आदेश दिएको छ । आम मानिसहरुलाई चासो छ, सर्वोच्च अदालतले यो राष्ट्रिय सरोकारको मुद्दाको टुंगो कहिलेसम्म लगाउला ?

सर्वोच्चमा दायर एक दर्जन रीटमाथि अदालतले कस्तो फैसला गर्छ भन्ने विषय मुलुकको सिंगो राजनीतिसँग जोडिएको छ । त्यसैले होला, संसद पुनस्र्थापना सम्बन्धी फैसला कहिले आउला भन्ने धेरैलाई चासो देखिन्छ ।

संसद विघटनको विरोध गर्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू सन्तोष भण्डारी, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, दीपक राई, अमिता गौतम पौडेल, लोकेन्द्र ओली, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा, अमृत खरेल, कञ्चनकृष्ण न्यौपानेलगायतले रीट दर्ता गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय