मुसिकोट सातका दुई प्राथमिक बिद्यालयका २७ बिद्यार्थीको आँखा जाँच !

मुसिकोट । सोमबार मुसिकोट नगरपालिका वडा नम्बर सातका दुई प्राथमिक बिद्यालयका २७ बिद्यार्थीको आँखा जाँच गरिएको छ  !

श्री कृष्णहरि सापकोटा रुद्रावती आँखा उपचार केन्द्रको स्कुल स्क्रिनिङ क्याम्प अन्तर्गत आज मुसिकोट नगरपालिका वडा नम्बर सातमा रहेका श्री गौमती प्राथमिक बिद्यालय र लक्ष्मीनारायण बाल विकास प्रा. बिका बिद्यार्थीहरुको आँखाको दृष्टि  परीक्षण गरिएको  केन्द्रका प्रमुख अनिशा आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार परीक्षण गरिएका २७ जना मध्य तिन जनाको दृष्टि कमजोर रहेको र दुई जनामा आँखा रातो हुने समस्या फेला परेकाले उनिहरूलाई थप उपचारका लागी आँखा उपचार केन्द्रमै बोलाइएको छ ।

यस अभियान अन्तर्गत श्री कृष्णहरि सापकोटा रुद्रावती आँखा उपचार केन्द्रका प्रमुख अनिशा आचार्य, दिपेन्द्र ज्ञवाली, मान बहादुर राना सहितको टोली नगरपालिकाका १५ ओटा बिद्यालयहरुमा पुगि सकेको र क्रमिक रूपमा अन्य बिद्यालयहरुमा पनि पुग्ने योजना रहेको केन्द्रले जानकारी दिएको छ ।

विशेष गरि स-साना बालबालिकाहरूले आफूमा भएको समस्या भन्न नसक्ने भएकाले प्राथमिक बिद्यायलाई बढि प्राथमिकतामा राखिएको केन्द्रले बतायो ।

यस अघि परीक्षण गर्दा समस्या पहिचान भएका तर थप उपचारका लागि केन्द्रमा आउन समस्या भएका बिद्यार्थीहरुलाई मध्य नजर गरी पुनः एक पटक बिद्यालयहरुमा थप उपचार सहित पुग्ने योजना रहेको प्रमुख अनिशा आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय