पश्चिम नवलपरासीको सुनवल स्थित लुम्बिनी चिनी उद्योग संचालन लगायत वडाका बिविध विकास निर्माण सम्बन्धि विषयमा आज वडाका रहेका जनप्रतिनिधि, सरोकारवाला स्थानिय विच छलफल गरिएको छ ।
सुनवल १ सोमनाथ प्रगति बाल उधानमा भएको छलफलमा सहभागिहरुले लुम्बिनि चिनि मिलले बिगतमा गरेको सम्झौता अनुरुप वातावरणलाइ प्रदुषण नगर्ने र मानव स्वास्थ्यमा प्रत्येक्ष असर नगर्ने , उखु किशानलाई बक्यौता भुक्तानी बाकि रकम र कर्मचारीले पाउनु पर्ने बक्यौता भुक्तानी रकम सबै सम्बन्धीत किसान र कर्मचारी लाइ भुक्तानी गर्नु पर्ने र उधोगले चिनी मात्रै उत्पादन गर्न पाउने कुरामा लिखित प्रतिबद्धता भए मात्रै चिनी उद्योग संचालन गर्न दिने धारणा राखेका थिए ।
वडाध्यक्ष बिन प्रसाद बुढाथोकी मगरको अध्यक्षतामा भएको सो छलफल अन्तरक्रिया कार्यक्रममा कार्यपालिका सदस्य शान्ता भन्डारी, वडा सदस्य मन बहादुर थापा मगर, सदस्य युद्ध जङ्ग जि सी, सचिब अमर नाथ कवर पनि उपस्थिति रहेको थियो ।
सोहि अवसरमा सुनवल १ मा रहेको लुम्बिनी चिनी उद्योग संचालन गर्नको लागी तयारी गरेको बारेमा कार्यक्रममा सहभागी १५ जनाले आ आफ्नो धारणा राखेका थिए । छलफल कार्यक्रममा वडा सदस्य मन बहादुर थापा मगरले छलफलको उद्देश्यको बारेमा प्रकाश गरेका थिए भने वडा सदस्य युद्ध जङ्ग जिसीको स्वागत र सचीव अमर नाथ कवरको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।