लियो क्लबको आयोजनामा मुसिकोटमा नि-शुल्क आँखा शिविर सम्पन्न

मुसिकोट ।  लियो क्लब अफ गुल्मी सालिमेको आयोजनामा मुसिकोट दुईमा एक दिने नि-शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

क्लबको आयोजनामा मङ्गलवार मुसिकोट नगरपालिका वडा नम्बर २ देउरालीमा रहेको श्री नेपाल राष्ट्रिय त्रिभुवन माबिमा सम्पन्न शिविरमा आँखाका १४६  बिरामीले सेवा लिएका छन् । जस मध्य २४ जनाको मोतीविन्दुको सल्लेक्रिया गर्नु पर्ने र अन्य बिरामीहरूलाई आवश्यकता अनुसार नि-शुल्क चस्मा र औषधी वितरण गरिएको क्लबले बताएको छ ।

शिविर लियो क्लब अफ गुल्मी सालिमेको आयोजना, मुसिकोट नगरपालिका वडा नम्बर २ को सह-आयोजना, श्री कृष्णहरी सापकोटा रुद्रावती आँखा उपचार केन्द्रको प्राविधिक सहयोग, ग्लोवल आईएमई बैँक वामी शाखाको सामाजिक उत्तरदायित्व अन्तर्गतको विशेष सहयोग साथै विभिन्न समाजसेवी, युवा व्यक्तित्व लगायतको सहयोगमा सम्पन्न  भएको क्लबका अध्यक्ष भुगोल सापकोटाले जानकारी दिनुभयो ।

क्लबले मुसिकोट नगरपालिकाको वडा नँ १,२,३ र ४ वडा भित्र आँखा सम्बन्धी समस्या भएका बिरामीहरूलाई मध्यनजर गरी मुसिकोट २ मा आँखा शिविर सञ्चालन गरेको क्लबका सचिव शुसान्त शाक्यले जानकारी दिए ।

सोही अवसरमा क्लबका अध्यक्ष भुगोल सापकोटाको अध्यक्षतामा औपचारिक कार्यक्रम समेत सञ्चालन गरी नयाँ सदस्यलाई सदस्यता प्रमाण पत्र तथा अतिथिहरूलाई मायाको चिनो वितरण समेत गरिएको थियो ।

सोही अवसरमा मुसिकोट नगरपालिकाका नगर प्रमुख जिवन खरेल, मुसिकोट नगरपालिका वडा नँ २ का वडा अध्यक्ष रबिन्द्र के.सी, श्री कृष्णहरि सापकोटा आँखा उपचार केन्द्र वामीका अध्यक्ष अगनिधर लोहनी, ग्लोवल आईएमई बैँक वामी शाखा प्रबन्धक लायन्स विष्णु कुँवर, श्री कृष्णहरि सापकोटा आँखा उपचार केन्द्रका प्रमुख लियो अनिशा आचार्य, लियो डिस्ट्रिक ३२५ एम् का अध्यक्ष लियो अस्विन खतिवडा, लियो डिस्ट्रिक ३२५ एम् का उपाध्यक्ष प्रेमराज तिवारी, लियो प्रवेश ढकाल, लियो क्लब अफ गुल्मी सालिमेका संस्थापक अध्यक्ष पुजन सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

शिविरको अवसरमा सञ्चालित औपचारिक कार्यक्रमको सञ्चालन क्लबका प्रशासकीय प्रमुख लियो विवेक काफ्लेले गरेका थिए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय