लियो क्लबको न्यानो लुगा वितरण अभियान जारी, आज कुर्घा नि.मा.बिका १६ बिद्यार्थीलाई सुइटर वितरण

मुसिकोट । लियो क्लब अफ गुल्मी सालिमेले न्यानो लुगा वितरण अभियानलाई जारी राखेको छ ।

सोही अभियान अन्तर्गत आइतवार क्लबका अध्यक्ष भुगोल सापकोटाको अध्यक्षता एक कार्यक्रमको आयोजना गरि मुसिकोट नगरपालिका वडा नँ ६ कुर्घामा रहेको कुर्घा निमाबिमा रहेका १६ जना बिद्यार्थीहरूलाई सुइटर वितरण गरेको छ ।

क्लबले नेपालीहरूको महान पर्व तिहारको अवसरमा देउसी भैलो खेलेर सङ्कलन भएको आर्थिक सहयोगबाट मुसिकोट नगरपालिकामा न्यानो लुगा वितरण अभियान सञ्चालन गरेको क्लबका अध्यक्ष भुगोल सापकोटाले जानकारी दिनुभयो ।

जडो मौसममा न्यानो लुगाको कसैलाई पनि कमि नहोस भन्ने उपदेश्यले क्लबले गत बर्ष देखी यो अभियान सुरु गरेको बताएको छ । साथै क्लबले यो अभियानलाई निरन्तर जारी राख्ने क्लबका प्रशासकीय प्रमुख विवेक काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लियो डिस्ट्रिक ३२५ M का अध्यक्ष अस्विन खतिवडाले लियो क्लब सामाजिक सेवा गर्ने उदेश्य लिएका १२ बर्षदेखी ३० बर्षसम्मका युवाहरूको सङ्गठन रहेको प्रस्ट पार्नुभयो । साथै उहाँले क्लबलाई बिदेशबाट डलर आउछ भन्ने भ्रम रहेकाले यस्तो भ्रममा नरहन अनुरोध गर्दै लियो क्लब अफ गुल्मी सालिमेले आजसम्म गरेका कामहरूको प्रशंसा गर्दे आगामी दिनमा अझ राम्रो गर्न सुझाव दिनुभयो ।

त्यास्तै कुर्घा निमाविका प्रधानाध्यापक मोती प्रसाद शर्माले क्लबले न्यानो लुगा वितरण अभियानमा आफ्नो बिद्यालयलाई छनोट गरेकोमा क्लबलाई आभार व्यक्त गर्दै क्लबले गरेका कामहरूको प्रशंसा गर्नुभयो ।

क्लबको आयोजनामा मुसिकोट नगरपालिका ६ कुर्घामा रहेको श्री कुर्घा निमाबिको प्राङ्गणमा सम्पन्न कार्यक्रममा लियो डिस्ट्रिक ३२५ M का अध्यक्ष अस्विन खतिवडाको प्रमुख आतिथ्यता, लायन्स विष्णु कुँवर र श्री कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्रका प्रमुख अनिशा आचार्य, विद्यालयकी प्रधानाध्यापक मोती प्रसाद शर्मा, लियो क्लब अफ गुल्मी सालिमेका संस्थापक अध्यक्ष पुजन सापकोटा, शिक्षक, कर्मचारी लगायत लियो सदस्यहरूको उपस्थिति रहेको थियो ।

क्लबका प्रशासकीय प्रमुख विवेक काफ्लेको स्वागत मन्तव्य सङ्गै सुरु सुइटर वितरण कार्यक्रमको सञ्चालन सचिव शुसान्त शाक्यले गर्नुभएको थियो भने शिक्षक चिन्तामणी चालिसेले क्लब र बिद्यालयबिच समन्वय गर्नुभएको थियो।

क्लबले डिसेम्बर ५ मा ६६ औ अन्तरराष्ट्रिय लियो दिवसका दिनदेखी यस बर्षको न्यानो लुगा वितरण अभियान सुरु गरेको थियो । यस अभियान अन्तर्गत क्लबले श्री कृष्ण नारायण प्राथमिक बिद्यालय मुसिकोट ७ र खड्कदेबी प्राथमिक बिद्यालय मुसिकोट ८ सुइटर वितरण गरि सकेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय