मुसिकोट-२ मा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै !

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं-२ देउरालीमा १ दिने निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

लियो क्लव अफ गुल्मी सालिमेको आयोजना एवम् मुसिकोट नगरपालिका वडा नं २ वडा कार्यालयको सह-आयोजनामा यही पौष १० गते आँखा शिविर सञ्चालन हुने भएको हो । शिविरलाई श्री कृष्णहरी रुद्रावती सापकोटा आँखा उपचार केन्द्र वामीले प्राविधिक सहयोग एवम् ग्लोबल आईएमई बैंकले सहयोग गरेका छन् ।

मुसिकोट नगरपालिकाको वडा नं १,२,३ र ४ वडा भित्र आँखा सम्बन्धी समस्या भएका बिरामीहरुलाई पायक पर्ने गरी देउराली स्थित नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा शिविरको आयोजना गरिएको क्लवका प्रशाशकीय अधिकृत विवेक काफ्लेले जानकारी दिनुभयो ।

शिविरमा निःशुल्क आँखाको चेकजाँच, औषधी एवम् चस्मा वितरण लगायतका स्वास्थ्य सेवा प्रदान गरिने उहाँको भनाई छ । क्लवले आँखाको समस्या देखिएका बिरामीहरु आर्थिक या अन्य कुनै कारणबस अस्पतालसम्म पुग्न नसक्नेहरुलाई दृष्टिगत गरी स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरेको क्ल्वका अध्यक्ष भुगोल सापकोटाले जानकारी दिनुभयो । निःशुल्क शिविरको भरपुर उपयोग गरी आँखाको उपचार सेवा लिन समेत उहाँले ४ वटै वडाबासीलाई आग्रह गर्नुभएको छ ।

मुसिकोट नगरपालिका वडा नं २ का वडाध्यक्ष रविन्द्र केसीले वडा नं २ लगायत आसपासका सबै वडाका नागरिकहरुलाई शिविरमा गई आँखा चेकजाँच गराई मौकाको फाइदा उठाउन अनुरोध गर्नुभयो ।

शिविर मार्फत मोतियाबिन्दु पहिचान भएका बिरामीहरुलाई केही समयपछि आँखा उपचार केन्द्रमा हुने मोतियाबिन्दुको अप्रेशन शिविरका लागि सिफारिस गर्ने र निःशुल्क नै अप्रेशन हुने क्लवले जनाएको छ ।

शिविरमा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि पोशाक या परिचय पत्र अथवा विद्यार्थीको आधिकारिक परिचय खुल्ने कागज लिएर आउन समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय