मुसिकोट । लियो क्लब अफ गुल्मी सालिमेले सोमवार मुसिकोट नगरपालिका वडा नं ८ भलेकामा रहेको खड्कदेबी प्राथमिक बिद्यालयमा रहेका १९ जना बिद्यार्थीहरूलाई सुइटर वितरण गरेको छ ।
क्लबले नेपालीहरूको महान पर्व तिहारको अवसरमा देउसी भैलो खेलेर सङ्कलन भएको आर्थिक सहयोगबाट मुसिकोट नगरपालिका वडा नम्बर ८ भलेकामा रहेको श्री खड्कदेबी प्राथमिक बिद्यालयमा रहेका १९ जना बिद्यर्थीहरूलाई सुइटर वितरण गरेको क्लबका अध्यक्ष भुगोल सापकोटाले जानकारी दिनुभयो ।
क्लबले जडो मौसममा न्यानो लुगाको कसैलाई पनि कमि नहोस भन्ने उपदेश्यले यो अभियान सुरु गरेको बताएको छ । साथै क्लबले गत वर्षमा जस्तै यस बर्ष पनि जाडो मौसममा न्यानो लुगा वितरण अभियान सञ्चालन गर्ने क्लबका प्रशासकीय प्रमुख विवेक काफ्लेले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स विष्णु कुँवरले लियो क्लब मुसिकोट नगरपालिकामा स्थापना भएको छोटो समयमै प्रशंसनीय कामहरू गर्दै आएको बताउनुभयो । त्यस्तै कुँवरले क्लबलाई आगामी दिनहरूमा पनि यसै गरि अगाडि बढ्न शुभकामना सङ्गै क्लबलाई आफू पनि हरपल सहयोग गर्न तत्पर रहेको कुँवरले बताउनुभयो ।
क्लबको आयोजनामा मुसिकोट नगरपालिका ८ भलेकामा रहेको श्री खड्कदेबी प्राथमिक विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा लायन्स विष्णु कुँवर, विद्यालयकी प्रधानाध्यापक सम्झना काफ्ले , लियो क्लब अफ गुल्मी सालिमेका संस्थापक अध्यक्ष पुजन सापकोटा, समाजसेवी युवा बिराट श्रेष्ठ, शिक्षक, कर्मचारी लगायत लियो सदस्यहरूको उपस्थिति रहेको थियो ।
क्लबका अध्यक्ष भुगोल सापकोटाको अध्यक्षता सम्पन्न सुइटर वितरण कार्यक्रमको सञ्चालन सचिव शुसान्त शाक्यले गर्नुभएको थियो ।
सोही अवसरमा क्लबका संस्थापक अध्यक्ष पुजन सापकोटाले आफ्नो सङ्गसिर १३ गते परेको जन्म दिनको अवसरमा बिद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो ।
क्लबले डिसेम्बर ५ मा ६६ औ अन्तरराष्ट्रिय लियो दिवसका दिन श्री कृष्ण नारायण प्राथमिक बिद्यालयमा रहेका ८ जना बिद्यार्थीहरुलाई सुइटर वितरण गरि वार्षिक उत्सव मनाएसङ्गै न्यानो लुगा वितरण अभियान सुरु भएको र यसै गरि अन्य बिद्यालय र बस्तिहरुमा पनि जाने कार्यक्रम रहेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।
क्लबले गत बर्षपनि यसै गरि न्यानो लुगा वितरण अभियान सञ्चालन गरेको थियो ।