समाजसेवी लिल बहादुर थापाद्धारा मुसिकोटका एक परिवारलाई सहयोग !

गुल्मी । समाजसेवी लिल बहादुर थापाले गुल्मीको मुसिकोट नगरपालिकाका एक विपन्न परिवारलाई सहयोग प्रदान गर्नुभएको छ ।

मुसिकोट नगरपालिका वडा नं-३ तोलादीकी स्व. रेमकली कुमाल परिवारलाई थापाले ३७ हजार बराबरको खाद्यान्न तथा नगद सहयोग गर्नुभएको हो । जिटिभि नेपालबाट उहाँको अवस्थाका बारेमा भिडियो सामाग्री प्रशारण भएपश्चात थापाले उक्त सहयोग रकम पठाउनुभएको हो ।

उक्त सहयोग रकम जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले स्व. कुमालको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो । स्व. कुमाल घाँस काट्न जाने क्रममा भिरबाट लडेर गम्भीर घाईते हुनुभई विस्तारामै थलिनुभएको थियो । उपचारमा आर्थिक अभाव भएपछि उहाँले उपचार अभावमा लामो समय घरमै बिताउनुभयो । उक्त कुराको जानकारी पाएपश्चात जिटिभिले उहाँको अवस्थाको बारेमा भिडियो सामाग्री प्रशारण गरेको थियो ।

उहाँको उपचारको लागि भनेर बाँकेको खजुरा गाउँपालिका ४ डिगाउँ घर भई हाल संयुक्त राज्य अमेरीकामा रहनुहुने समाजसेवी लिल बहादुर थापाले नगद रु. ३७,००० रुपैयाँ पठाउनुभएको थियो । तर उहाँको निधन भएपछि थापाले पठाउनुभएको उक्त रकम सहितको खाद्यान्न सामाग्री किरिया खर्च बापत सहयोग गरिएको हो ।

उहाँको उपचारलागि भने सहयोग रकम पठाएपनि उपचार सम्भव नभएपनि उक्त रकम किरिया खर्च बापत हस्तान्तरण गरिएको जिटिभि नेपालका अध्यक्ष नेपालीले बताउनुभयो । समाजसेवी लिल बहादुर थापाले आफुले कुमालको अवस्थाको बारेमा थाहा पाएपश्चात तत्कालै उपचारका लागि रकम पठाएपनि उहाँको निधन भएको खबर पाएपश्चात उक्त सहयोग रकम र सामाग्री किरिया खर्च बापत हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

समाजसेवी थापाले यस अगाडी पनि मुसिकोटका विभिन्न विपन्न एवम् आर्थिक रुपमा असहाय एवम् अशक्तहरुलाई निरन्तर सहयोग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय