देउसी भैलोबाट सङ्कलन भएको आर्थिक सहयोगबाट लियो क्लब्ले गर्यो बिद्यालयमा सुइटर वितरण

मुसिकोट । लियो क्लब अफ गुल्मी सालिमेले मङ्गलवार डिसेम्बर ५ मा ६६ औ अन्तरराष्ट्रिय लियो दिवस बिद्यालयमा सुइटर वितरण गरि मनाएको छ ।

क्लबले सो अवसरमा देउसी भैलोबाट सङ्कलन भएको आर्थिक सहयोगबाट मुसिकोट नगरपालिका वडा नम्बर ७ परुवामा रहेको श्री कृष्ण नारायण प्राथमिक बिद्यालयमा रहेका ८ जना विपन्न बिद्यार्थीहरूलाई सुइटर वितरण गरेको र अन्य बिद्यालयहरुमा पनि यसै गरि सुइटर वितरण गर्ने कार्यक्रम रहेको क्लबका अध्यक्ष भुगोल सापकोटाले जानकारी दिनुभयो ।

क्लबले जडो मौसममा न्यानो लुगाको कसैलाई पनि कमि नहोस भन्ने उपदेश्यले यो अभियान सुरु गरेको बताएको छ । साथै क्लबले गत वर्षमा जस्तै यस बर्ष पनि जाडो मौसममा न्यानो लुगा वितरण अभियान सञ्चालन गर्ने क्लबका प्रशासकीय प्रमुख विवेक काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स विष्णु कुँवरले लियो क्लब मुसिकोट नगरपालिकामा स्थापना भएको छोटो समयमै प्रशंसनीय कामहरू गर्दै आएको बताउनुभयो । त्यस्तै कुँवरले क्लबलाई आगामी दिनहरुमा पनि यसै गरि अगाडि बढ्न शुभकामना सङ्गै क्लबलाई आफू पनि हरपल सहयोग गर्न तत्पर रहेको कुँवरले बताउनुभयो ।

क्लबको आयोजनामा मुसिकोट नगरपालिका ७ परुवामा रहेको श्री कृष्ण नारायण प्राथमिक विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा लायन्स विष्णु कुँवर, विद्यालयकी प्रधानाध्यापक उश शर्मा, शिक्षक, कर्मचारी लगायत लियो सदस्यहरूको उपस्थिति रहेको थियो ।

क्लबका अध्यक्ष भुगोल सापकोटाको अध्यक्षता सम्पन्न सुइटर वितरण कार्यक्रमको सञ्चालन सचिव शुसान्त शाक्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय