बागमती प्रदेशका मुख्यमन्त्री बिरुद्ध ४५ सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रचण्ड–माधव निकट नेकपाका४५ सांसदहरुले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन ।

४५ जना सांसदको हस्ताक्षरसहित शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको सांसद सालिकराम जमरकट्टेलले जानकारी दिए।
उनीहरूले अष्टलक्ष्मी शााक्यलाई मुख्यमन्त्री बनाउन माग गरेका छन्।

पार्टी फुटेपछि बागमती प्रदेश सरकार तीन जना मन्त्रीले समेत केही बेरअघी पदबाट राजीनामा दिएका छन ।

राजिनामा दिनेमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल छन ।
(न्यू सञ्चार)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय