नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका शीर्ष नेताले बल्खु पुगेर मदन भण्डारीको शालिकमा माल्र्यापण गरेका छन् ।
पुस ७ गतेदेखि बसेको केन्द्रीय समिति बैठक सकेर बिहीबार प्रचण्ड र नेपाल, झलनाथ खनाल सँगै उक्त समूहका नेता बल्खु पुगेका हुन् ।

बल्खु पुगेर प्रचण्ड र नेता नेपालले पार्टी कार्यालय बनाउने घोषणासमेत गरेका छन् । अध्यक्ष प्रचण्ड, नेपाल खनालसँगै नेता अमृतकुमार बोहोरासमेत बल्खु पुगेका हुन् ।
नेता भण्डारीको शालिकमा माल्यार्पण गरेपछि उक्त ठाउँमा नेपाल कम्युनिस्ट पार्टीको एउटा सुविधासम्पन्न भवन बनाउने बताएका छन् । प्रचण्डले पार्टी केन्द्रीय समिति बैठकले नेता नेपाललाई अध्यक्ष चुनेको सन्दर्भमा बल्खु पुगेको बताए ।