असक्तको घरमै सामाजिक सुरक्षा भत्ता लिएर पुग्यो शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक ।

मुसिकोट । शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक वामी शाखा गुल्मीले मुसिकोट नगरपालिका. वडा न. ९ का अशक्त नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।

बैंकले मुसिकोट नगरपालिका गुल्मी , वामी प्रहरी चौकी , वडाध्क्ष्य , वडा सचिव लगायतको समन्वय तथा सहयोगमा सामाजिक सुरक्षा भत्ता बितरण र श्री ज्ञानज्योती आधारभुत मा.बि.मा स्थानियबासिहरुलाई बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता शाखा प्रबन्धक सजना शाक्यले गर्नु भएको थियो भने सन्चालन तथा सहजीकरण रिलेसन्सिप म्यानेजर सुर्य प्रसाद खनालले गर्नु भएको थियो ।

प्रमुख अतिथि मुसिकोट ०९ कि वडा अध्यक्ष भुमा गुरुङ , विशेष अतिथी प्रहरी वरिष्ठ नायब निरीक्षक लक्षमण बिश्वकर्मा रहेको बित्तिय साक्षरता कार्यक्रममा स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

कार्यक्रम प्रस्चात सहभागिहरुले समय समयमा यस्तै जानकारिमुलक साक्षरताका कार्यक्रमहरु ल्याउनका लागि आग्रह समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय