भुकम्प अपडेट

काठमाडौं । गएराति गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या एक सय ३२ पुगेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परेर जाजरकोटमा ९५ र रुकुमपश्चिममा ३७ गरी १ सय ३२ जनाको मृत्यु भएको हो ।

भूकम्पमा परेर अहिलेसम्म एक सय ४० जना घाइते भएका छन् । जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन् । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

घाइते भएका र बेपत्ता हुनेको उद्धार तथा खोजीको काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय