शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक बामी शाखाद्वारा कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्रलाई वाटर पिउरिफायर हस्तान्तरण

मुसिकोट । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक बामीटक्सार शाखाले श्री कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्र वामीटक्सार गुल्मीलाई वाटर पिउरिफायर उपलब्ध गराएको छ ।

आँखाको उपचार गर्न आउने विरामी र उक्त सस्थामा कार्यरत कर्मचारीलाई शुद्ध पिउने पानीको सहजताका लागी बैंकले वाटर पिउरीफायर उपलब्ध गराएको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गग बैंकले विभिन्न सामाजिक काम गर्दे आइरहेको छ । समय समयमा वित्तिय साक्षरताका कार्यक्रम, घर टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण जस्ता काम गर्दै आएको शाइन रेसुङ्गा बैंक वामी शाखाले यस पटक श्री कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्र वामीटक्सार गुल्मीलाई वाटर पिउरीफायर सौजन्य गरेको हो ।

आज विहान श्री कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्र वामीमा आयोजना गरिएको एक कार्यक्रमका विच जनताको स्वास्थ्य प्रति बैंकको समेत चासो रहेको र जनता स्वस्थ भए मात्र अर्थतन्त्र बलियो हुने र त्यसको सकरात्मक प्रभाव वैंक , वृत्तिय क्षेत्रमा पर्ने बताउदै शाइन रेसुङ्गा बैंक वामी शाखा प्रबन्धक सजना शाक्यले वाटर पिउरीफायर सौजन्य गर्नुभएको हो ।

कार्यक्रममा बैंकका कर्मचारीहरु,श्री कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्रका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी हरु लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय