मुसिकोट-२ को दोस्रो वडाध्यक्ष कप भलिबल तथा रेकर्ड डान्स प्रतियोगिता भव्य बन्यो

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ को आयोजनामा सञ्चालित दोश्रो वडा अध्यक्ष कप भलिबल तथा रेकर्ड डान्स प्रतियोगीता भव्य रुपमा सम्पन्न भएको छ ।

“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल“ भन्ने मुल नारा सहित २० समुहको सहभागीता रहेको वडाध्यक्ष कप भलिबल प्रतियोगीताको उपाधि एफोरआर मुसिकोट -६ गुज्र्याङ्ले जितेको छ । त्यस्तै आँपचौर भलिबल कपको उपबिजेता बनेको छ । वडाध्यक्ष भलिबल कपमा प्रथम हुने प्रतियोगीले नगद रु २५ हजार कप मेडल र प्रमाण पत्र तथा द्वितीय हुनेले नगद रु १५ हजार कप मेडल र प्रमाण पत्र हात पारेका छन् ।

त्यस्तै रेकर्ड डान्स प्रतियोगीतातर्फ पवन थापा प्रथम, बिनिता परियार द्धितिय, मुसिकोट युवा क्लव हलोगाडेको समुह तृतीय र अन्सु परियार सान्त्वना बनेका छन् । रेकर्ड डान्स तर्फ प्रथम हुनेले नगद रु.६ हजार र प्रमाण पत्र, द्वितीय हुनेले नगद रु.४ हजार र प्रमाण पत्र तथा तृतीय हुनेले नगद रु.२ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् ।

विजया दशमीको अवसर पारेर आयोजना गरिएको वडाध्यक्ष कपको अन्तिम दिन गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेलले राष्ट्र चिनाउने भन्दै खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शन गरी राष्ट्रिय स्तरको खेलमा सहभागी हुने गरी खेल्न आग्रह गर्नुभयो । त्यस्तै उहाँले वडा दशैँ नजिकै आईरहेको भन्दै सामाजिक सदभावलाई ख्याल गर्दै चाडपर्व मनाउन आग्रह समेत गर्नुभयो ।

सो अवसरमा कार्यक्रमलाई आर्थिक, भौतिक नैतिक तथा अन्य विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान समेत गरिएको थियो भने लोक गायक अनिल खत्री, कमल बराल र गोविन्द बिसीले सांगीतिक प्रस्तुती दिनुभएको थियो ।

कार्यक्रममा समाजसेवी हरिनारायण सापकोटा, अर्जुन सिंह ठकुरी, मदनदिप घिमिरे, वामी प्रहरी चौकीका ईन्चार्ज वरिष्ठ सई लक्ष्मण विश्वकर्मा लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष रविन्द्र केसीले मुसिकोट नगरपालिकामा खेलाडीहरु उत्पादनसंगै प्रोत्साहन गर्ने र खेलको माध्यमबाट शारिरिक र मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

वडाध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, वडासदस्य देव बहादुर रायमाझीको स्वागत मन्तव्य एवम् रोशन सिंह ठकुरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय