नेकपाको बिभाजनमा तठस्त बस्दै आएका नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापा नेकपाको ओली समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।
उनी यसअघि कुनैपनि समूहको बैठकमा सहभागी भएका थिएनन् । बादललाई प्रधानमन्त्री ओलीले बालुवाटारमा डाकेर हालैमात्र भेटेका थिए । उनलाई नेकपा अध्यक्ष प्रचण्डले पनि पुल्चोक पुगेर भेटेपछि आफ्नो समूहमा आउने बताएका थिए । तर, बादल ओली समूहमा गएका छन् ।

प्रचण्ड र माधव नेपाल समूहले बादललाई आफ्नो समुहमा आउन आग्रह गर्दै आएका थिए । तर, अन्ततः बादल ओलीतर्फ लागेका छन् ।