मुसिकोट नगरपालिकाको चाडपर्व लक्षित बजार अनुगमन जारी: अधिकांश पसलमा म्याद गुज्रेका सामाग्री फेला

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले मङ्गलवार देखी चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ ।

नगरपालिकाले दशै तिहार जस्ता नेपालीहरूका महत्वपूर्ण चाडपर्वहरू नजिकिएसँगै उपभोकताहरूमाथि हुने ठगी नियन्त्रण र सचेतना प्रदान गर्ने उद्देश्यले नगरपालिका भित्र सञ्चालित विभिन्न व्यापार व्यवसायहरूको अनुगमन गर्न सुरु गरेको हो ।

नगर उप प्रमुख गङ्गा श्रेष्ठको नेतृत्वमा मङ्गलवारबाट सुरु भएको बजार अनुगमनको दोस्रो दिन आज बुधवार मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारका विभिन्न १४ वटा खाद्यान्न पसल र होटेलहरूमा अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा अधिकांश पसलहरूमा म्याद गुज्रेका सामाग्री फेला परेको बताइएको छ । त्यसतै साईन बोर्ड नराख्ने, मूल्य सूचि, नराख्ने, समयमै कर चुक्ता र व्यवसाय नबिकरण नगर्ने, दर्तानै नगरी व्यवसाय सञ्चालन गर्ने जस्ता त्रुटिहरू फेला परेका छन् ।

अनुगमनको क्रममा अनुगमन टोलीले मापदण्ड पुरा नगरी व्यवसाय सञ्चालन गर्ने  व्यवसायीहरूबाट जरिबाना समेत असुल गरेको छ ।

मुसिकोट नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७४ बमोजिम नगरपालिकाको अनुगमन समितिले चाडपर्व केन्द्रित गरेर खाद्यान्न पसलहरूको अनुगमन गरेको र अनुगमन दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा केन्द्रित रहेको कृषि शाखा प्रमुख जनक पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै अनुगमनको पहिलो दिन मङ्गलवार मुसिकोट नगरपालिका वडा नं २,३ र ५ का विभिन्न ठाउँका ३३ वटा पसलहरूमा अनुगमनका गरिएको अनुगमन टोलीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय