काठमाडौं । बझाङ र बागलुङमा भूकम्प गएको छ । गएराति उक्त दुई जिल्लामा भूकम्प गएको हो ।
बागलुङमा गएराति १२ बजेर ३१ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बझाङमा १ः५१ बजे ५.० म्याग्निच्युडको भूकम्प गएको केन्द्रले बताएको छ ।