गुल्मीमा आफैले पढाउने शिक्षकद्धारा एक महिला यौन शोषणमा परिन्

प्रेम सुनार, गुल्मी : मङ्ग्लबार दिउँसो एक महिलाको फोन आयो । घर गुल्मी बताईन । पूरा ठेगना र नाम गोप्य राख्दै गुल्मीकै एक बिध्यालयका शिक्षकलाई जागिरबाट निकाल्न सहयोग गरिदिन आग्राह गरिन ।

किन ? भन्ने प्रश्नमा उनले स्कुले जिवनमा आफैले पढाउने शिक्षकले विवाह गर्ने प्रलोभनमा आफुलाई पाँच बर्ष सम्म यौन शोषण गरेको ह्रुदयविदारक कथा सुनाईन । उनको विवाह भइसकेको रहेछ । नाम ठेगना खोलेर मिडियामा बोल्दा घर श्रीमानले थाह पाउने , घर बिग्रने डर सुनाईन ।

ती शिक्षकलाई प्रहरी चौकी सम्म पुराएको र करिव ३ लाखमा मिलापत्र गरेको बताउदै उनले भनिन, त्यसरी मिलापत्र गरे पनि आफू माथिको त्यो शोषणको इख नमरेको उनको आशय थियो । उनले त्यस्ता शिक्षकलाई किन अझै त्यसै बिध्यालयमा राखिएको छ ? भन्ने प्रतिप्रश्न गर्दै तत्काल निकाल्नका लागि सहयोगको आग्राह गरिन ।

उनको पीडा सुनेपछी निकै भावुक र चिन्तित बनायो । आफुलाई पढाउने शिक्षक, शिक्षिकालाई गुरुबा र गुरुआमा पुजिन्छ । तर यो बिडम्बना यस्तो छ कतिपय छात्राहरु त्यस्ता नरपिचासहरु बाट यौन शोषणमा परेको सुन्नु पर्छ । बिगतमा त्यस्ता केहि शिक्षक छात्रालाई यौनशोषण गरेको आरोपमा कानुनी कठघरमा परे । तर यी महिला भने पैसामा मिलापत्र गरे भन्छिन् ।

त्यसो नगरेर कानुन अनुसार अगाडि बढेको भए अरु त्यस्ता छात्राहरु ती नरपिचासहरुको सिकार हुनबाट बच्ने थिए । कृपयाबहिनीहरु तपाईं माथी कसैबाट त्यस्तै शोषण भएको छ भने दवाएर नराख्नुहोस् र ललाई फकाई वा दवावमा मिलापत्र नगर्नुहोस् , दोषीलाई कानुनी कठघरामा उभ्याउनै पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय