मुसिकोटमा उच्च ज्वरोका कारण १६ वर्षीया बालिकाको मृत्यु

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर २ झरुवाकी १६ वर्षीया बालिका रिता रानाको उच्च ज्वरोका कारण मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर ७ मा रहेको महेन्द्र आदर्श माध्यमिक बिद्यालय कक्षा ९ मा अध्ययनरत रानाको उच्च ज्वरोका कारण मृत्यु भएको बिधालयका प्रधानाध्यापक देवीराम शर्माले जानकारी दिनुभयो ।

रानालाइ केही दिन अगाडि देखि ज्वरो आइरहेको र मङगलबार उच्च ज्वरो आएपछि खर्वाङ मेडिकलमा लगिएको स्थानीय जनक खत्रीले जानकारी दिए। मेडिकलबाट औषधि लिएर बालिकाको घरमा ल्याइएको साझ ६ बजेको समयमा बालिकाको मृत्यु भएको खत्रीले बताए ।

बालिकाको बाबु रोजगारको लागि भारतमा थिए र केहि दिन मात्रै घरमा आएको पारिवारिक स्रोतले बताएको छ । बालिकाको आफ्नो परम्परा अनुसार बुधबार दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय