इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन

गुल्मी । इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा मुसिकोट ७ वामीटक्सारमा दीप प्रज्वलन गरिएको छ । मंगलबार साँझ लियो क्लव अफ गुल्मी सालिमेको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।

हमासले शनिबार गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । उक्त आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको स्मृतीसंगै विश्व शान्तिको कामना गर्दै दिप प्रज्वलन सहित मौन धारण गरिएको थियो ।

कार्यक्रममा लियो क्लव अफ गुल्मी सालिमेका प्रशाशकीय प्रमुख विवेक काफ्लेले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै ईजरायलमा रहेका अन्य नेपालीहरुको सरकारले यथाशक्य उद्धार गर्नुपर्ने र घाईतेहरुको उपचारमा ध्यान दिनुपर्ने बताउनुभयो । देशमा प्रसस्त अध्ययन र रोजगारीका अवसर नहुँदा परदेशी भूमीमा दिनानुदिन नेपालीहरुले ज्यान गुमाउनुपरेको भन्दै उहाँले देशका लागि विडम्बना भएको समेत बताउनुभएको थियो ।

कार्यक्रममा लियो क्लव अफ गुल्मी सालिमेका सदस्यहरु, सुरक्षाकर्मी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए । उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन् । सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धार र स्वदेश फर्काउन पहल गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय