इजरायलमा भएको दश नेपालीको मृत्युमा आज राष्ट्रिय शोक, सार्वजनिक बिदा होइन

काठमाडौँ । इजरायलमा १० नेपालीको मृत्यु भएपछि सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो ।

आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्री शर्माले देशभर बिदा दिएको नभई राष्ट्रिय शोकको घोषणा मात्रै भएको बताउनुभएको छ ।

यस्तै बैठकले आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ ।

यस्तै मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस्तै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको शर्माले बताइन् । उक्त रकम अर्थ मन्त्रालयलले गृहमार्फत निकासा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय